हेटौंडा/रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रका ६२ वटा टोलविकास संस्थाले १८ लाख ८६ हजार ६ सय ४ रुपिया“ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरेका छन् । बिहीबार टोलविकास संस्था नगर समन्वय समिति हेटौंडाले प्रमुख जिल्ला अधिकारीमार्फत् जानकारी गराउ“दै भदौ २५ गतेसम्म उक्त रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको जनाएको हो ।

समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीका अनुसार विपद्को कठिन घडीमा मानवीय सेवाको भावनासहित हेटौंडाका विभिन्न टोलविकास संस्थाले स्वस्फूर्तरुपमा सहयोग रकम संकलन गरेका हुन् । संकलित रकमको पारदर्शिता र सार्वजनिक जानकारी सुनिश्चित गर्न सहयोग गर्ने सबै संस्थाको विवरण सार्वजनिक गरिएको उनले बताए ।

सहयोग गर्ने संस्थामध्ये कालिकामाई टोल विकास संस्था हेटौंडा–८ ले सबभन्दा बढी १ लाख १८ हजार १ सय २५ सहयोग गरेको छ । विजयशान्ति टोलविकास संस्था हेटौंडा–२ ले १ लाख १ हजार १ सय ११, जिम्बाडा“डा टोलविकास संस्था हेटौंडा–११ ले ९५ हजार, ओमनगर टोलविकास संस्था हेटौंडा–८ ले ७९ हजार ९ सय ६० तथा बिन्ध्यवासिनी टोलविकास संस्था हेटौंडा–८ ले ७० हजार २१ सहयोग गरेका छन् ।

समितिले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउन आर्थिक सहयोग गर्ने सम्पूर्ण टोलविकास संस्था, पदाधिकारी, सदस्य तथा सहयोगीहरुलाई धन्यबाद व्यक्त गरेको छ । हेटौंडाका टोलविकास संस्थाले जुटाएको सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमार्फत् बाढीप्रभावित क्षेत्रमा खर्च गरिने जनाइएको छ ।