काठमाडौं/जेनजी आन्दोलनको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनकै घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको भूमिकामाथि प्रश्न उठेको छ । मंगलबार नया“ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित जेनजी दिवसको कार्यक्रममा गृहमन्त्रीसहित सरकारका मन्त्रीहरु सहभागी थिए । सोही कार्यक्रममा जेनजी आन्दोलनका घाइते पवन खड्काले आन्दोलनका घाइते तथा प्रभावितका समस्या सम्बोधन गर्न सरकार असफल भएको भन्दै आवाज उठाएका थिए ।
सरकारले आन्दोलनका क्रममा घाइते भएका युवाका लागि प्रभावकारी काम नगरेको भन्दै खड्काले आफूलाई कार्यक्रममा बोल्न दिनुपर्ने माग गरेका थिए । उनले सरकारस“ग घाइतेहरुको उपचार, राहत तथा पुनस्र्थापनासहित विषयमा जवाफ माग्दै विरोध जनाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन् । खड्का गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।
आन्दोलनपछि सरकारले घाइते तथा प्रभावितका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउ“दै आए पनि प्रभावकारी काम नभएको भन्दै उनीलगायत घाइतेहरुले असन्तुष्टि जनाउ“दै आएका छन् । जेनजी आन्दोलनको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनकै घाइतेले सरकारस“ग जवाफ माग्दा नियन्त्रणमा लिइनुले कार्यक्रमको उद्धेश्य र सरकारको व्यवहारमाथि प्रश्न उठेको छ ।











