हेटौंडा/युनिलिभर नेपाल लिमिटेडले हालैको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ५ करोड प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गरेको छ । बाढीप्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत कम्पनीले उपलब्ध गराएको छ । कम्पनीका अनुसार करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको छ, जसको मूल्य करिब १ करोड छ ।

यसस“गै युनिलिभर नेपालले बाढीप्रभावित समुदायका लागि कुल करिब ६ करोड बराबरको आर्थिक तथा सामग्री सहयोग गरेको जनाएको छ । बाढीपछि पानी घट्दै गए पनि प्रभावित क्षेत्रमा प्रदुषण तथा विभिन्न संक्रमणको जोखिम बढ्नसक्ने भएकाले व्यक्तिगत् तथा वातावरणीय सरसफाइलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । प्रभावित परिवारका लागि लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायत स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धि सामग्री उपलब्ध गराइएको छ । ती सामग्रीले व्यक्तिगत् सरसफाइ कायम राख्नुका साथै घर तथा वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले नेपालले कठिन परिस्थितिमा पनि धैर्यता र सहनशीलता देखाउ“दै आएको उल्लेख गर्दै जारी राहत तथा पुनः स्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्धेश्यले कम्पनीले योगदान गरेको बताए । कम्पनीले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बाढीबाट प्रभावित समुदायको पुनः स्थापना तथा कल्याणमा योगदान पु¥याउने उद्धेश्यले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।