रसुवा बाढीप्रभावितका लागि बागमती प्रदेश सरकारले केके काम गरेको छ ?

हामीले भदौ ९ गते विश्वासको मत लिएका थियौ । भदौ १० गते रसुवामा बाढीले अपत्यारिलो क्षति पु¥यायो । जसको प्रभाव रसुवास“गै धादिङ, नुवाकोट र चितवनसम्म देखिएको छ । एक हजार भन्दा बढीको मृत्यु भएको, हजारौं बेपत्ता रहेको र खर्बौं क्षति पुगेको यस राष्ट्रिय विपत्तिको क्षणमा हामीले केन्द्र र स्थानीय सरकारस“ग समन्वय तथा सहकार्यमा काम गरिरहेका छौ ।

बाढीलगत्तै मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा प्रभावित क्षेत्रमै पुगेर राहत तथा उद्धारको काममा सक्रियतापूर्वक लागिरहेका छौं । हालसम्म बागमती प्रदेश सकारले त्रिशुली, बेत्रावतीलगायत पा“च ठाउ“मा तुइन जडान गरेर अस्थायी आवतजावत र राहत पु¥याउन सहज गरेका छौं । अस्थायीरुपमा सडक मर्मत गरेर हाल धुञ्चेसम्म बैकल्पिक मार्ग खोलेका छौं । घटनालगत्तै अलपत्र यात्रुलाई ४२ वटा बस व्यवस्थापन गरेर गन्तव्यसम्म पु¥याउने काम गरेका छौं । हाल पुल निर्माणलगायत काम भइरहेको छ ।

बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता के हो ?

हाल तीन वटै सरकारको मुख्य प्राथमिकता भनेको बेपत्ताको खोजी नै हो । केन्द्र सरकारले विदेशी तथा स्वदेशी विज्ञहरुको समेत सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमार्फत् बेपत्ताको खोजी कार्यलाई तीव्रता दिइरहेको छ । हामीले भदौ १० गतेलगत्तै केन्द्र सरकारस“ग हेलिकोप्टर उडाउने अनुमति मागेर उद्धार र खोजी कार्य गर्न चाहेका थियौं । केन्द्र सरकारले त्यस अनुमति नदिएपछि प्रदेश सरकारका तर्फबाट त्यो सम्भाव भएन । तर, हामीले केन्द्र सरकारलाई बेपत्ताको खोजी तथा उद्धार र राहतका लागि सघाइरहेका छांै । त्यसस“गै बाढीप्रभावितका लागि राहत र अस्थायी बसोबासको व्यवस्थापनमा पनि प्रदेश सरकारले काम गरिरहेको छ ।

प्रदेश सरकारले मृतक तथा बेपत्ता परिवारबारे के गर्छ ?

हामीले मृतक परिवारलाई प्रतिपरिवार एक लाख रुपिया“ किरिया खर्च दिने योजना बनाएका छांै । यदि एक परिवारमा एक भन्दा बढीको मृत्यु भएको छ भने मृतकको संख्याअनुसार ५० हजारका दरले थप हुनेछ । बेपत्ताको हकमा यही परिवारका सदस्यले मृतक घोषणा गरी किरिया गरेका रहेछन् भने उनीहरुले पनि उक्त रकम पाउने छन् । यस रकम स्थानीय पालिकाको सिफारिसमा पालिकाकै खातामा पठाउने व्यवस्था गरिने छ । बाढीमा परेर अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुबिधासहित कक्षा–१२ सम्म निःशुल्क अध्ययनको व्यवस्था बागमती प्रदेश सरकारले गर्नेछ ।

बाढीप्रभावित क्षेत्रमा प्रदेश सरकारको दीर्घकालिन योजना के छ ?

बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्युस“गै घरबार नै बगेर बगर बनेको छ । यस्तो अवस्थामा बाढीप्रभावितहरुको पुनस्र्थापना मुख्य कुरा हो । प्रदेश सरकारले उनीहरुको पुनस्र्थापनाका लागि स्थानीय सरकारस“ग समन्वय गरेर काम गर्नेछ । सकेसम्म प्रदेशस्तरीय विपद् प्राधिकरण गठन गरेर त्यसमार्फत् खोलाकिनारका बस्ती स्थानान्तरणलगायतका काम गर्नेछ । क्षतिग्रस्त सडक निर्माण, पुल निर्माणलगायत काम पनि प्रदेश सरकारको दीर्घकालिन योजनाअन्तर्गत् गरिने कामहरु हुनेछन् ।

–भरतबहादुर केसी (भौतिक पूर्वाधार विकास मन्त्री बागमती प्रदेश)