हेटौंडा/काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि बारा–पर्सा औद्योगिक करिडोर र वीरगञ्ज भन्सारबाट मालसामान ढुवानी हुन नसक्दा उद्योगहरुले उत्पादन घटाउन थालेका छन् । ढुवानी अवरुद्ध हु“दा उद्योगका गोदामदेखि भन्सार क्षेत्रसम्म मालसामान थुप्रिन थालेको हो । बाढीपहिरोका कारण काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथ तथा कान्तिलोकपथबाट ६ चक्केभन्दा ठूला मालबाहक सवारी सञ्चालनमा समस्या भएको छ ।

त्यसका कारण करिडोरका उद्योग र वीरगञ्ज भन्सारमा मालसामान थुप्रिन थालेको छ । देशको कुल व्यापार र उत्पादनमा ठूलो हिस्सा ओगट्ने बारा–पर्सा औद्योगिक करिडोरबाट उत्पादित तथा वीरगञ्ज भन्सारबाट आयात गरिएका सामान काठमाडौं उपत्यकासहित आसपासका बजारमा ढुवानी हुन नसकेपछि भण्डारणको समस्या बढेको छ । भण्डारणको समस्या भएपछि उद्योगहरुले उत्पादन क्षमता घटाउन थालेका छन् भने वीरगञ्ज भन्सारका गोदामसमेत भरिन थालेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधबराज पालले आयातमा ठूलो फरक नपरे पनि आपूर्ति शृंखला नै बिथोलि“दा भन्सारसहित उद्योगका गोदाममा मालसामान राख्न समस्या हुन थालेको बताए । ‘विगतमा काठमाडौं क्षेत्रतर्फ मालसामान पठाउ“दा दुई दिनमा अपडाउन रोटेसन भइरहेको थियो । हाल ५÷६ दिन लाग्ने भएकाले टाइम किल भइरहेको छ । दोब्बर भाडा दि“दा पनि मालबाहक सवारी जोखिम रहेको भन्दै जान मानिरहेका छैनन्,’ पालले भने–उद्योगमा मालसामानको माग छ, तर मालबाहक जाने अवस्था नहु“दा गोदाम भरिएका छन् । उद्योगहरुले उत्पादन कटौती गर्दै लगेका छन् ।

उनका अनुसार वीरगञ्ज भन्सारमा ठूला ट्रक तथा लहरीका सयौं ट्रिपबराबर सामान गोदाममा राख्नुपर्ने अवस्था आएको छ । सडक सञ्जाल चा“डो सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । करिडोरमा सञ्चालित सिमेन्ट, छड, स्टिल, खाद्यान्न, चामल, दाल, तेल, प्लास्टिक तथा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरु बढी प्रभावित भएका छन् । तयारी सामान काठमाडौंको बजारसम्म पु¥याउन नसक्दा करिडोरको उत्पादन प्रभावित भएको हो ।

औद्योगिक कच्चा पदार्थ र उत्पादित सामान राख्ने ठाउ“ नभएपछि धेरैजसो उद्योगले २४ घण्टा सञ्चालन हुने प्लान्टलाई कम सिफ्टमा सीमित गरेका छन् । ‘काठमाडौंलगायत सहरबजार बारा–पर्साका उद्योगका लागि कुल उत्पादनको ३५ देखि ५० प्रतिशत्सम्म मुख्य खपत बजार हो । मुख्य बजारस“गै सम्पर्क विच्छेद भएपछि ढुवानी प्रणाली पूर्णरुपमा अस्तव्यस्त बनेको छ,’ मधेश ढुवानी सेवाकेन्द्र अध्यक्ष हरि अधिकारीले भने ।

उनका अनुसार त्रिभुवन राजपथ तथा कान्तिलोकपथमा १२ र १४ चक्के ट्रक तथा लहरी पूर्ण भारक्षमतामा सञ्चालन हुन सक्दैनन् । तत्काल १७ टनसम्म सामान बोकेर केही १२ चक्के ट्रक त्रिभुवन राजपथबाट पठाउने प्रयास थालिए पनि काठमाडौं पुगेर वीरगञ्ज फर्किन ५÷६ दिनसम्म लाग्ने अवस्था रहेको उनले बताए । वैकल्पिक मार्गबाट ४ र ६ चक्के साना पिकअपमार्फत् मालसामान ढुवानी गर्ने गरिएको भए पनि त्यसबाट ढुवानी लागत महंगो पर्ने अधिकारीले बताए । उनका अनुसार अत्यावश्यक सामानबाहेक अन्य वस्तुको ढुवानीका लागि यस्तो विकल्प दीर्घकालीनरुपमा सम्भव छैन । प्रमुख चाडपर्व दसैंतिहारका लागि काठमाडौंलगायत क्षेत्रमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको माग उच्च हुने समयमा सडक अवरुद्ध हु“दा उद्योगी, यातायात व्यवसायी र उपभोक्ता चिन्तित बनेका छन् । सडक समयमै सञ्चालनमा नआए बजारमा सामानको अभाव भइ मूल्यवृद्धि हुनसक्ने जोखिम बढेको छ । सडक अवरोधका कारण राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध हु“दा भन्सार क्षेत्रबाट हुने ढुवानी न्यून हु“दै गएको छ । ‘करिडोरका कच्चा पदार्थबाहेक अन्य क्षेत्रका सामान लैजान आयातकर्ताले मालबाहक सवारी उपलब्ध गराउन सकेका छैनन्,’ लम्सालले भने–निर्यातमा समस्या नभए पनि आयातित मालसामान थुप्रि“दा राजस्वलगायत सबै क्षेत्रमा असर पर्ने देखिन्छ । सडक अवरोध केही साता लम्बिए करिडोरका धेरैजसो उद्योगले पूर्णरुपमा उत्पादन बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुले बताएका छन् ।