हेटौंडा/वीरगञ्जबाट काठमाडौं जा“दै गरेको ईभीमा यात्रा गरिरहेका एक युवक सिस्नेरीमा एक्कासि बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षका प्रदीप पटेल छन् ।
प्रहरीका अनुसार सोमबार विहान करिब १० बजे मकवानपुरको इन्द्रसरोवर गाउ“पालिका–३, सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा म.प्र. ०३–००१ ज ०७७५ नम्बर ईभीमा यात्रा गरिरहेका पटेल सिस्नेरी टेकर पुग्दा अचानक बेहोस भएका थिए । प्रहरी चौकी सिस्नेरीले उद्धार गरी उनलाई स्थानीय सिस्नेरी स्वास्थ्य चौकी पु¥याए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल पु¥याउनासाथ विहान ११ बजे चिकित्सकले उनलाई मृतघोषणा गरेको प्रहरीले जनाएको छ ।











