हेटौंडा/दुई साताअघिको भोटेकोशी बाढीले धेरैलाई घरबारविहीनमात्र बनाएको छैन, धेरैका आफन्त र परिवारजन सम्पर्कविहीन भएका छन् । बाढीपछि सम्पर्क टुटेका सदस्यको प्रतीक्षामा धेरै परिवार छन् । बाढीपछि मकवानपुरको हेटौंडाका ५२ वर्षीय इञ्जिनियर निरोज श्रेष्ठ सम्पर्कविहीन छन् । भदौ ९ गते परिवारसित कुराकानी गरेका श्रेष्ठ त्यसको अर्को दिनबाट सम्पर्कमा छैनन् ।
भदौ १० गते विहान ९ बजेर २० मिनेट जाँदा मोबाइलमार्फत् साथीसँग कुरा गर्दागर्दै उनको मोबाइल स्वीच अफ भयो । त्यसपछि नखुलेको परिवारजनले बताएका छन् । इञ्जिनियर श्रेष्ठ अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत् थिए । हेटौंडाका श्रेष्ठ हाइड्रोपावर क्षेत्रका अनुभवी प्राविधिक हुन् । २४ वर्षदेखि उनी जलविद्युत् आयोजना निर्माण र सञ्चालनको काम गर्दै आएका थिए । श्रेष्ठले यसअघि कालीगण्डकी, तामाकोशी, चिलिमे हाइड्रोपावरमा काम गरेका थिए । पछिल्लो समय त्रिशुली जलविद्युत् आयोजना ३ ‘बी’ मा काम गरिरहेका थिए । उनको काठमाडौंमा बसोबास छ । परिवारले उनीलगायत साथीहरुको खोजीका लागि तदारुकता देखाउन सरकारस“ग माग गरेको छ ।
परिवारका अनुसार साथीहरुले बाढी आएको सूचना दिने क्रममा श्रेष्ठसहित १२ जना बसेको भवन पुरिएको थियो । हाल भवनको नामोनिसाना छैन । बाढीले पुरेको भवन उत्खनन् गरिदिन श्रेष्ठका ८१ वर्षीय बुबा देव श्रेष्ठले अनुरोध गरे । ‘सरकारले खोजीलाई तीव्रता दिनुप¥यो,’ उनले भने–अपर त्रिशुली जलविद्युत् ३ ‘बी’ मा फसेका कर्मचारीलगायत कामदारको खोजीलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध छ ।
छोरा सम्पर्कविहीन भएदेखि श्रेष्ठ चिन्तामा छन् । श्रेष्ठकी आमा विजयालक्ष्मी क्यान्सरले थलिएकी छन् । छोरा सम्पर्कविहीन भएको पीडाले छटपटाइरहेकी छन् । मोबाइलको घण्टीस“गै उनको मुटुको ढुकढुकी बढ्छ । ‘अपरिचित नम्बरको फोन आयो कि आश पलाउ“छ,’ उनले भनिन्–क्षणमै त्यो आशा निराशामा बदलिन्छ ।
श्रेष्ठका बुबा देव पनि फोनको घण्टी बज्नासाथ छोराको खबर आउने आशमा मोबाइल उठाउ“छन् । ‘हालसम्म हाम्रो मान्छे कहा“ छ, कस्तो अवस्थामा छ, केही थाहा छैन,’ उनले भने–सरकारले केही न केही गर्ला भनेर पर्खिरहेका छौं । ‘छोरास“ग फोन सम्पर्क नभएको १३ दिन भइसकेको र हालसम्म अत्तोपत्तो नलागेपछि धैर्य टुटेको उनले बताए । ‘मेरो छोराको उद्धार गरिदिनुहोस् सरकार,’ उनले भने–वास्तविक अवस्था पत्ता लगाउन सरकारले ढिला गरिरहेको छ । त्रिशुली–३ ‘बी’ क्षेत्रमा जटिल अवस्था रहेको कारण देखाएर खोज र उद्धारबाट पन्छिन नमिल्ने भाइ सरोज श्रेष्ठले बताए । ‘सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि तत्काल खोजतलास गर्नुपर्छ,’ उनले भने–देशविदेश जहा“बाट सहयोग लिएर भए पनि हराएका मान्छे खोज्नु जरुरी छ ।
बाढीपछि सम्पर्कविहीनका परिवार हाल बेचैनीमा दिन कटाइरहेका छन् । बेपत्ताको खोजीभन्दा आरोपप्रत्यारोपमा समय खेर गइरहेको इञ्जिनियर श्रेष्ठका बुबा देवले बताए । सामाजिकसञ्जालमार्फत् उनले आफ्नो पीडा यसरी पोखेका छन्–विपत्को बेला सबै मिलेर प्राकृतिक प्रकोपको सामना गरेर देशलाई जोगाउन र पीडितहरुको आ“शु पुछ्नुपर्छ । भोटेकोशीको भेलले निरजलाई कहा“ पु¥यायो होला वा उनी कार्यालय भवनमा थुनिएर उद्धारको पर्खाइमा छन् कि परिवारस“ग यी प्रश्नको जवाफ छैन । छोरा सकुशल भेटिने आशा आमाबुबामा जीवित छ । शुक्रबार सप्तरीका सञ्जय साह र कीर्तिपुरका कवीर महर्जनको त्रिशुली ३ ‘ए’ को सुरुङबाट सकुशल उद्धार भएपछि श्रेष्ठ परिवारको आश जागेको हो ।











