काठमाडौं/नेपालमा भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशुली नदी प्रणाली हु“दै पानी, गेग्रान र ठूला ढुंगासहित शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यस बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउ“–चट्टानको हिमपहिरो (आइस–रक एभालाञ्च) का कारण भएको प्रारम्भिक जानकारी दिएका थिए । यसमा थप अनुसन्धान जारी छ ।
भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्यांकनअनुसार ठूलो परिमाणमा हिउ“ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको थियो । भोटेकोशी बाढीको विपद्मा परी हालसम्म करिब पा“च हजार जना बेपत्ता रहेका भने त्यसमा ३५ देशका करिब ६ सय विदेशी नागरिक छन् । प्रभावित क्षेत्रबाट शनिबारसम्म एक हजार ३ सय ४४ वटा शव भेटिएको छ । यस विपद्को द्रुत क्षति तथा आवश्यकता मूल्यांकनअन्तर्गत् गरिएको प्रारम्भिक मूल्यांकनअनुसार करिब १५ हजार घरपरिवारका ६० हजार नागरिक विस्थापित भएका नेपाल सरकारले जनाएको छ । ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुंगेपुलमा क्षति पुगेको सरकारको भनाइ छ ।
करिब एक हजार ८ सय ६ हेक्टर कृषिभूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना तथा दुई वटा प्रसारणलाइनमा पनि क्षति पुगेको छ । उक्त मूल्यांकनअनुसार ७ सय ८३ मेगावाट् जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ । प्रारम्भिक मूल्यांकनअनुसार आर्थिक हानि तथा नोक्सानी चारदेखि पा“च अर्ब अमेरिकी डलर बराबर रहेको अनुमान छ । गैरआर्थिक हानि तथा नोक्सानीको गणना हुन बा“की छ, तर, यो आर्थिक हानिको दुईदेखि तीनगुणासम्म हुनसक्ने अनुमान छ ।
हिमालमा परिवर्तनको क्रम तीव्र
वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउ“को अवस्था, पर्माफ्रस्ट (स्थायीरुपमा जमेको भुसतह) तथा हिमाली भिरालो भुभागमा परिवर्तन भइरहेको बताएका छन् । इसिमोडका वरिष्ठ क्रायोस्फियर विशेषज्ञ (हिमनदी, हिउ“को अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरस“ग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्टरुपमा देखिन थालेको बताएका छन् ।
अतिकम विकसित मुलुकहरुको समूह (एलडिसिज) ले नेपालको विपद्प्रति ऐक्यबद्धता जनाउ“दै बढ्दो जलवायु संकटप्रति चिन्ता व्यक्त गरेको छ । टिमोर–लेस्तेको डिलीमा हालै आयोजित एलडिसिजको मन्त्रिस्तरीय बैठकले अनुकूलन तथा हानि र क्षति सम्बोधन, प्रविधि विकास तथा हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा सहयोग उपलब्ध गराउने कार्यमा महत्वपूर्ण खाडलहरु रहेको जनाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उक्त बैठकमा बिहीबार भोटेकोशी बाढी विपद्बारे जानकारी गराउ“दै नेपालजस्ता अतिकम विकसित मुलुकहरुको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि प्रभाव भने सबभन्दा बढी भोग्नुपरेको उल्लेख गरेकी थिइन् । ‘हाम्रो जनताले यस्तो संकटको असहनीय मूल्य चुकाइरहेका छन् । यही नै जलवायु परिवर्तनको केन्द्रमा रहेको गहिरो अन्याय हो । त्यसैले नेपाल जलवायु न्यायका लागि एलडिसिज समूहलाई एकताबद्ध र स्पष्ट आवाजका साथ उभिन आह्वान गर्दछ,’ उनले भनिन् ।
मन्त्री चौधरीले जलवायुजन्य हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोष पूर्णरुपमा सञ्चालनमा आउनुपर्ने र जलवायुजन्य विपद्को सामना गरिरहेका देशहरुका लागि पहु“चयोग्य र प्रभावकारी हुनुपर्नेमा जोड दिएकी थिइन् । ‘भोटेकोशी विपद्लाई द्रुत प्रतिक्रिया सहयोगका लागि विचार गरिनुपर्छ, जसले उक्त कोषले कसरी छिटो, प्रत्यक्ष र प्रभावकारीरुपमा प्रतिक्रिया दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नेछ,’ उनले भनेकी थिइन् ।
कोषमा २.८ अर्ब डलर वित्तीय अनुरोध
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहसचिव डा. महेश्वर ढकालले कोप–३१ ले हानि तथा नोक्सानी प्रतिक्रिया कोष (एफआरएलडी) को प्रारम्भिक चरणअन्तर्गत् बार्बाडोस कार्यान्वयन व्यवस्था (बीआईएम) का लागि अन्तर्राष्ट्रिय निकायले उपलब्ध स्रोतमा वृद्धि गरी मागअनुरुप स्रोत सुनिश्चित गर्नुपर्ने विषयमा स्पष्ट र बलियो सन्देश दिनुपर्ने बताए ।
उनका अनुसार बीआईएमअन्तर्गत् कोषमा हाल कुल ३ सय ४२ मिलियन अमेरिकी डलरबराबरको वित्तीय स्रोत छ । तर, उपलब्ध स्रोतको तुलनामा माग निकै बढी छ । हाल १ सय १९ देशले कुल २.८ अर्ब अमेरिकी डलरबराबर १ सय ७६ वटा वित्तीय सहयोगका अनुरोध पेश गरेका छन् । तीमध्ये ४१ वटा नेपालसहित अति कम विकसित मुलुक (एलडीसी) ले मात्र ७२ वटा अनुरोध पेश गरेका छन्, जसको कुल रकम एक अर्ब अमेरिकी डलरभन्दा केही बढी रहेको सहसचिव डा. ढकालले उल्लेख गरे ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यस विपद् हाम्रा लागि निकै पीडादायी भएको र हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्नुपरेको सामाजिकसञ्जालमा उल्लेख गरेका छन् । उनले नेपालले विश्वलाई लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेबारे वकालत गरिरहेको भए पनि विगतदेखि नै जुन डर थियो, त्यो यथार्थमा भोटेकोशी नदीमा भीषण बाढी बनेर आएको उल्लेख गरेका छन् । नेपालले यसको जवाफ विश्व समुदायस“ग खोज्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्–जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउ“ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।
बढ्दो तापक्रमका कारण विपत्ति
प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यस विपत्ति आएकोमा शंका नभएको तथा जलवायु प











