चितवन/स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार विहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिकरुपमा रोक्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आइतबार जारी सूचनामा भनिएको छ–कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ । कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भइ सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ । सवारी आंशिकरुपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउनेलगायत काम गर्न लागिएको हो ।
तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो । सूचनाअनुसार समय समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ । नारायणगढ–मुग्लिन सडक विहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउ“सो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र सा“झ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । यसबाहेक समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।











