हेटौंडा/हेटौंडा–४ स्थित कपुर कम्प्लेक्समा डेढ करोड लगानीमा नया“ जिम तथा फिटनेस सेन्टर एलओजी सञ्चालनमा आएको छ । आइतबार फिटनेस सेन्टर उद्घाटन गरिएको हो ।

स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती प्रवद्र्धन गर्नुका साथै विशेषगरि लागुऔषध तथा दुव्र्यसनमा फसेका युवालाई लक्षित गरी व्यवस्थितरुपमा जिम सञ्चालनमा ल्याइएको सञ्चालक तार्केश्वरराज गुरुङले बताए । फिटनेस सेन्टरमा शारीरिक व्यायाम तथा फिटनेससम्बन्धि विभिन्न सुबिधा उपलब्ध गराइएको छ । महिला तथा पुरुष दुवैलाई लक्षित गरी आवश्यक व्यायाम तथा प्रशिक्षणको व्यवस्था गरिएको सञ्चालक गुरुङले जानकारी दिए । महिलाहरुलाई सहज र सुरक्षित वातावरणमा व्यायाम गर्ने वातावरण बनाउन महिलामैत्री शौचालय तथा महिला ट्रेनरको समेत व्यवस्था गरिएको उनले बताए ।

जिममा वेट्स ओन्ली र फिटनेस प्लस कार्डियो गरी दुई प्रकारका सदस्यता योजना सञ्चालनमा ल्याइएको छ । वेट्स ओन्लीतर्फ दैनिक प्रवेश शुल्क २ सय निर्धारण गरिएको छ । एक महिनाको सदस्यता शुल्क २ हजार, तीन महिनाको ५ हजार ४ सय, छ महिनाको ९ हजार ६ सय र १२ महिनाको १६ हजार तोकिएको छ । फिटनेस प्लस कार्डियोतर्फ दैनिक प्रवेश शुल्क २ सय ५० छ । एक महिनाको सदस्यता शुल्क २ हजार ५ सय, तीन महिनाको ६ हजार ६ सय, छ महिनाको १२ हजार र १२ महिनाको २० हजार निर्धारण गरिएको सञ्चालक गुरुङले बताए ।

वार्षिक सदस्यता लिने ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको जिमले जनाएको छ । १२ महिनाको सदस्यता योजनामा करिब ३३ प्रतिशत्सम्म बचत हुने र चार महिना अतिरिक्त समय निःशुल्क उपलब्ध गराइने जनाइएको छ । उद्घाटनको अवसरमा ल्याइएको उक्त विशेष योजना सीमित अवधिका लागिमात्र लागु हुने व्यवस्थापनले जनाएको छ ।