काठमाडौं/जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई विवादपछि झापा, झुम्का र वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जनामध्ये केहीलाई झापा, केहीलाई झुम्का र केहीलाई वीरगञ्ज कारागार पठाइएको हो ।

मिश्रका अनुसार उनीहरुको स्थानान्तरणका लागि यसअघि नै सूची तयार गरिएको थियो । तर, कारागारभित्रबाट आवश्यक सहयोग नहु“दा तत्काल स्थानान्तरण गर्न सकिएको थिएन । पछिल्लो समय कैदीबन्दीबीच विवाद भएपछि स्थानान्तरण गर्न सहज भएको उनले बताए । केही दिनअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।