हेटौंडा/विपद्को घडीमा सरकारले सुरुवाती चरणमा देखाएको असहयोग र ढिलासुस्तीका कारण धेरैको ज्यान बचाउनबाट चुकिएको रसुवाका प्रदेशसभा सदस्य प्रभात लामाले आरोप लगाएका छन् । उनले रसुवामा घाइतेहरुको समयमै उद्धार हुन नसक्नुमा सरकारी नियन्त्रण र प्रशासनिक कमजोरी मुख्य कारण रहेको बताएका छन् ।
लामाले भनेका छन्–रसुवामा हेलिकोप्टरबिना जान सक्ने स्थिति नै छैन । हेलिकोप्टर हामीलाई लान दिएन, म आफ्नै पैसा तिरेर लान्छु भन्दा पनि दिएन । विपद्को गम्भीर अवस्थामा समेत सरकारले हेलिकोप्टर उडानमा रोक लगाएको र स्थानीय जनप्रतिनिधिहरुलाई समेत जान नदिएको उनको गुनासो छ । सरकारको यस्तो रवैयाको उदाहरण दि“दै उनले भनेका छन्–संघीय प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले एयरपोर्टमा मेरो जिल्ला जान पाऊ“ भन्दा उहा“लाई ५ घण्टा एयरपोर्टमै उभ्याइदिनुभयो । ५ घण्टा एयरपोर्टमा उभिएपछि अब मैले हेलिकोप्टरबाट जान नपाउने भए“, मेरा जनता मर्ने भए भनेर उहा“ एयरपोर्टबाट फेरि गाडी लिएर धुञ्चेतर्फ लाग्नुभयो । संकटको बेला समन्वयकारी भूमिका खेल्नुपर्ने सरकारले जनप्रतिनिधिहरुलाई नै सास्ती दिएको उनले बताएका छन् ।











