हेटौंडा/पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव हटाउन ढुवानी भाडा जोडेर ग्यास उपलब्ध गराउन उद्योगीहरु ‘सक्रिय’ भएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगबाट ग्यास बोटलिङ गरी काठमाडौं लैजान अनुमति दिएपछि उद्योगीहरुले सोहीअनुसार ढुवानीको व्यवस्था मिलाएका हुन् । बाहिरका उद्योगमा खाली सिलिण्डर पठाएर ग्यास भरी ट्रकमार्फत् उपत्यका लैजाने व्यवस्था गरिएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार सिलिण्डर अभावका कारण मागअनुसार ग्यास उपलब्ध गराउन केही कठिनाइ भएपछि उद्योगीहरुले थप ढुवानी भाडा जोडेर संगठितरुपमा ढुवानीको व्यवस्था गरेका छन् । सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिण्डर खपत हुने गरेकोमा हाल माग बढेर एक लाख सिलिण्डरसम्म पुगेको बताइएको छ । राजधानी नजिकका उद्योगहरुले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन् । गत महिना भारतबाट ६० हजार २ सय मेट्रिकटन ग्यास नेपाल भित्रिएको र यो हालसम्मकै उच्च आयात भएको व्यवसायीहरुले बताएका छन् । ग्यासको आयात नियमित रहेकाले केही दिनमै उपत्यकामा देखिएको अभाव समाधान हुने उनीहरुको विश्वास छ ।

नेपाल एलपी ग्यास उद्योग संघले प्रेस विज्ञप्ति प्रकाशन गरी भदौ १४ गते आइतबार विहान कृष्णभीर क्षेत्रमा त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेका कारण सडक पूर्णरुपमा अवरुद्ध भएकाले काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा एलपी ग्यास सिलिण्डर बिक्रीवितरण कार्य चुनौतीपूर्ण भएको बताएको छ ।

काठमाडौं उपत्यकामा एलपी ग्यास आयात गरी बिक्रीवितरण कार्य सहज गर्ने उपाय खोज्न सोही दिन दिउ“सो नेपाल आयल निगम र संघबीच बैठकले काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगहरुलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरुमा सिलिण्डर रिफिल गरी ट्रकहरुमार्फत् बैकल्पिक मार्गबाट ल्याउन दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरुले उक्त क्षेत्रमा रहेका ग्यास उद्योगहरुमा रिफिल गरी लैजानुपर्ने भएको छ । नेपाल आयल निगमको २०७८ चैत २२ को पत्रका आधारमा हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्मको कुल दुरी १ सय ३१ किमी बैकल्पिक मार्ग प्रयोग गरी लैजा“दा थप भएको ढुवानी भाडा त्रियानब्बे रुपिया“ छब्बीस पैसामा नियमानुसार लाग्ने करसहित एक सय पा“च रुपिया“ अड्तीस पैसा कायम गरिएको छ ।

तसर्थ संघको भदौ १८ गते बिहीबार सम्पन्न ३१ औं वार्षिक साधारणसभाको निर्णयबमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने ग्यास उद्योगहरुलाई निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार साठी रुपिया“मा एक सय पा“च रुपिया“ अड्तीस पैसा ढुवानी भाडाबापत् थप गरी हुन आउने जम्मा रकम दुई हजार एक सय पैंसठी रुपिया“ अड्तीस पैसामा नबढाइ ग्यास बिक्रीवितरण गर्न अनुरोध गरिएको छ ।