काठमाडौं÷प्रभु बैंकले गत आर्थिक वर्ष २०८२÷०८३ मा २४ करोड १२ लाख ४३ हजार खुद नोक्सानी (घाटा) व्यहोरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८७ करोड २३ लाख २६ हजार खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्षमा ७ अर्ब १९ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो भने गत आर्थिक वर्षमा ९ अर्ब २६ करोड ३७ लाख पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी पनि १९.८५ प्रतिशत् बढेर १२ अर्ब ६७ करोड १४ लाख पुगेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५७ करोड २८ लाख कुल सञ्चालन आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा बैंकको लाभांश वितरण क्षमता ६ अर्ब ३१ करोड ३१ लाख ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको लाभांश वितरण क्षमता २ अर्ब ५६ करोड ५४ लाख ऋणात्मक थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक छ । बैंकको ईपीएस १.०२ रुपिया“ ऋणात्मक छ । बैंकको खराब कर्जा १५.५५ प्रतिशत् पुगेको छ । बैंकको चुक्ता पु“जी २३ अर्ब ५४ करोड २४ लाख छ । बैंकको निक्षेप संकलन ३ खर्ब ४८ अर्ब ४ करोड पुगेको छ भने २ खर्ब १४ अर्ब ५४ करोड कर्जाप्रवाह गरेको छ ।











