काठमाडौं÷लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा एवम् अर्थतन्त्र र विकास प्रशासनका ज्ञाता डा. देवेन्द्रराज पाण्डेको इच्छाअनुसार उनको परिवारले प्राज्ञिक क्षेत्रका तीन संस्थालाई कुल एक करोड दान गरेको छ ।
पाण्डे परिवारले मार्टिन चौतारी, नर्थ साउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई उक्त रकम बराबर भागमा बा“डिने गरी प्रदान गरेको हो । साउन २२ गते तीन संस्थालाई रकम हस्तान्तरण गरिएको परिवारले जनाएको छ । डा. पाण्डेकी छोरी डा. प्रिनिति पाण्डेले काठमाडौंको हा“डीगाउ“स्थित निवासमा सम्बन्धित संस्थाका प्रतिनिधिलाई भेटेर रकम हस्तान्तरण गरेकी हुन् ।
डा. पाण्डेले नेपालको गरिबी न्यूनीकरण, समता, न्याय तथा मानवअधिकारसम्बन्धि अध्ययन र अनुसन्धानमा योगदान पुगोस् भन्ने उद्धेश्यले ती संस्थालाई आर्थिक सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । सोही इच्छाअनुसार परिवारले उनको निधनपछि रकम प्रदान गरेको हो । प्रेस वक्तव्यअनुसार तीन संस्थाले कुल रकमको एक–एक तिहाइ अर्थात् करिब ३३ लाख ३३ हजारका दरले प्राप्त गर्नेछन् । मार्टिन चौतारी र नर्थ साउथ कलेक्टिभ्सले प्राप्त रकम अनुसन्धान गतिविधिमा प्रयोग गर्नेछन् । संस्थाहरुले आफ्ना सञ्चालक समिति वा कार्यसमितिले उचित ठहर गरेका अनुसन्धान परियोजनामा रकम प्रयोग गर्न सक्नेछन् । त्यस्ता अनुसन्धान गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकार प्रवद्र्धनस“ग सम्बन्धित हुनेछन् ।
सार्वजनिक संस्थालाई प्रदान गरिएको रकम सीमान्तकृत समुदायका परिवारका बालबालिका तथा युवाको शैक्षिक अवसर वृद्धि गर्ने गतिविधिमा प्रयोग गरिनेछ । सहयोग रकमको परिचालन तथा त्यसबाट सञ्चालन हुने कार्यक्रमसम्बन्धि कुनै पनि निर्णयमा दाता परिवार संलग्न नहुने स्पष्ट गरिएको छ । मार्टिन चौतारीले २०४८ सालदेखि नेपालको सार्वजनिक वृत्तलाई समावेशी बनाउ“दै नेपाली समाजका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षबारे बहस र अनुसन्धान गर्दै आएको छ । २०५९ सालमा गैरसरकारी संस्थाका रुपमा दर्ता भएको चौतारीले सार्वजनिक बहसस“गै अनुसन्धान, अनुसन्धान प्रशिक्षण, प्रकाशन तथा पुस्तकालय सञ्चालनमार्फत् प्राज्ञिक क्षेत्रमा योगदान पु¥याउ“दै आएको छ ।
नर्थ साउथ कलेक्टिभ्स भने नेपालको पूर्वी सहर बिराटनगरमा २०७५ सालमा स्थापना भएको अन्तरविषयगत् सामाजिक तथा नीति अनुसन्धान संस्था हो । संस्थाले काठमाडौंकेन्द्रित संरचनाभन्दा बाहिर रहेर विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विषयमा सार्वजनिक बहस र अनुसन्धान गर्दै आएको प्रेस वक्तव्यमा उल्लेख छ । दुवै संस्थाले स्वर्गीय डा. पाण्डेले जीवन समर्पण गरेका विषय तथा क्षेत्रमा केन्द्रित रही अनुसन्धान कार्यमा प्राप्त सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पाण्डे परिवारबाट प्राप्त सहयोग र उदारताप्रति दुवै संस्थाले कृतज्ञता व्यक्त गरेका छन् ।











