हेटौंडा/नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले आज (मंगलबार) सामूहिक रूपमा राजीनामा दिने भएका छन्।
केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारबाट पनि एमाले बाहिरिन लागेको हो। एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडाका अनुसार मन्त्रीहरूले आज हेटौँडा पुगेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउनेछन्।
बागमती सरकारमा एमालेबाट उद्योगमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, वनमन्त्री भरतबहादुर केसी, कृषिमन्त्री मधुसूदन पौडेल र श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा सहभागी छन्।












