हेटौंडा/जापानमा भएको एक कार्यक्रममार्फत् मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः हेटौंडाका युवा बच्चुराम अर्याल अध्यक्ष चयन भएका छन् । उनी दोस्रो कार्यकाल अध्यक्ष चयन भएका हुन् ।

अधिवेशनले यसअघिको कमिटी बिघटन गरेर उनको नेतृत्वमा नया“ कमिटी चयन गरेको हो । उपाध्यक्षमा कमल श्रेष्ठ र सबिता रिजाल, सचिव सुजन पण्डित (मनोज), सहसचिव दीपेश मिश्र र कोषाध्यक्षमा दर्शन अर्याल छन् । सदस्यमा सुजित बानिया“, नवीन अर्याल, सुशील अर्याल, दीपक घिमिरे, सीताराम केसी, किरण लामा, ससमित ढकाल, मिलन बास्तोला र आदर्श अधिकारी छन् । संरक्षक सल्लाहकारमा ज्ञानमसिंह रुम्बा, दुवराज बास्तोला, सेन्दाइ संयोजक सुमन लामिछाने, गुम्बाकेन संयोजक राजु लोप्चन छन् ।