हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित दुर्गम चिप्लेटीका किसानलाई उपमहानगरपालिकाले भैँसीका पाडापाडी अनुदानमा वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामासहित उपप्रमुख राजेश बानियाँ र वडा अध्यक्ष सुनिल मोक्तानलगायतको टोली चिप्लेटी पुगेर किसानका घरघरमा भैँसीका पाडापाडी हस्तान्तरण गरेको हो । चिप्लेटी हेटौंडाको दुर्गम क्षेत्रमा पर्ने र त्यहाँ पुग्न मधेस प्रदेशको बारा जिल्ला हुँदै जानुपर्ने अवस्था रहेको लामाले बताएकी छन् ।

कृषिमा निर्भर साना किसानलाई प्रोत्साहन गरी उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको उनले बताएकी छन् । टोलीले किसानसँग भेटघाट गरी उनीहरूका समस्या र आवश्यकताबारे समेत छलफल गरेको थियो ।

सानो किसानलाई सम्मान र आवश्यक सहयोग गर्न सके गाउँघर खाली हुनबाट जोगाउन सकिने चिप्लेटीवासीले बताएका थिए । लामाले