हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१७ का युवा फुटबल खेलाडी विभिदराज राई फिफा यु–१५ विश्वकपको क्लोज क्याम्पमा पर्न सफल भएका छन् । सानै उमेरदेखि फुटबलमा रुचि राख्दै आएका विभिदले निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रियस्तरको छनौट प्रक्रियामा स्थान बनाएका हुन् ।
विभिदले यसअघि जावलाखेल युथ क्लबबाट यु–१६ ए डिभिजन फुटबलसमेत खेलिसकेका छन् । कम उमेरमै ‘ए’ डिभिजनको अनुभव हासिल गरेका उनले प्रतिस्पर्धात्मक फुटबलमा आफ्नो क्षमता देखाउ“दै आएका छन् । आगामी महिना अजरबैजानमा आयोजना हुने यु–१५ विश्वकपका लागि हुने अन्तिम छनौटमा समेत विभिदले स्थान बनाउने अपेक्षा गरिएको छ । हेटौंडाका युवा खेलाडी विभिदलाई सफलताको शुभकामना व्यक्त गरिएको छ ।











