काठमाडौं/रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीपछि चार हजार २ सय १६ जना सम्पर्कविहीन छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८ सय ६५ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार नुवाकोटका एक हजार ५ सय ५८, विदेशी नागरिक ५ सय ८३ तथा पर्यटकस“ग गएका १ सय ६४ जना नेपाली पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत् करिब ९ सय, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहत कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीप्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार ९ सय १२, नेपाली सेनाका नौं हजार २ सय ८७ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २ सय ३ जना सुरक्षाकर्मी खटिएका छन् ।
बाढीबाट प्रभावितमध्ये हालसम्म पा“च हजार १ सय ३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ । विभिन्न अस्पतालमा ३ सय १, नेपाली सेनाबाट तीन हजार २ सय ६ र सशस्त्र प्रहरी बल नेपालबाट एक हजार ६ सय २८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् । हाल तीन हजार ९ सय ४८ जना होल्डिङ सेन्टरमा राखिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको संख्या एक हजार २ सय ५२ पुगेको छ । प्राधिकरणका प्रवक्ता महतका अनुसार रसुवामा १ सय २७, नुवाकोटमा १ सय ७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २ सय १८, नवलपरासी पश्चिममा २ सय ८, तनहु“मा ३८ र चितवनमा ३ सय ५५ जनाको शव फेला परेको छ ।
दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकतासाथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको हवाई उद्धार गरेको जनाएको छ । खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७ सय १५ पटक हवाई उडान गरेको छ ।
बुधबार सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ । निजीक्षेत्रबाट पनि हालसम्म १ सय २९ वटा हवाई उडानमार्फत् उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ । सडक सम्पर्कविच्छेद भएका र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारस“गै राहत सामग्री पु¥याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् । अझै चार हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।












