बारा/काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गको कृष्णभीरमा आइतबार सडक भासिएपछि बारा–पर्सा औद्योगिक करिडोरबाट काठमाडौंतर्फ हुने मालसामानको ढुवानी रोकिएको छ । उपत्यकामा खपत हुने खाद्यान्न, निर्माण सामग्री, कच्चापदार्थ तथा दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक क्षेत्र र वीरगञ्ज भन्सार नाका हु“दै भित्रिने हु“दा सडकसञ्जाल अवरुद्ध बनेपछि सोमबारदेखि मालबाहक ढुवानी ठप्प बनेको हो ।
ढुवानी व्यवसायी महासंघ केन्द्रीय सदस्य सन्तोष कार्कीले सोमबार काठमाडौंका लागि मालसामान लैजा“दै गरेका सयौं ट्रक सा“घुरो सडक भएका कारण सञ्चालनमा रहेको त्रिभुवन राजपथको नौबीसे–हेटौंडा खण्डमा जाममा रोकिएपछि मंगलबारदेखि काठमाडौंतर्फ भएको मालसामानको ढुवानी बारा–पर्साबाट ठप्प बनेको जानकारी गराए ।
‘त्रिभुवन राजपथबाट ६ चक्के मालबाहकबाहेक अन्य ठूला ट्रक जान सक्दैन भने कान्तिराजपथमा पनि उस्तै अवस्था रहेकोले बारा–पर्सादेखि काठमाडौंसम्मको मालसामान ढुवानी चक्र नै बन्द भएको छ,’ कार्कीले भने–साना चार चक्के पिकअपबाट अत्यावश्यक सामान ढुवानी हुनसक्ने अवस्था रहन्छ तर मालबाहक ट्रकमा काठमाडौं ढुवानी सडककै कारण कठिन छ ।
त्रिशुली नदीले कृष्णभीर सडकको जगमा निरन्तर कटान गर्ने गरेको हु“दा तत्काल सडक बन्ने अवस्था नभएपछि सरकारले वैकल्पिक मार्गको प्रयास थालेको हो । गृह प्रशासनले जोखिमपूर्ण यात्रा नगर्न र वैकल्पिक मार्गको स्थिति बुझेरमात्र ढुवानीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै त्रिभुवन राजपथको सडकमा काठमाडौंबाट हि“डेका सवारीसाधन हेटौंडामा राति १ बजेसम्म आइपुग्नुपर्ने र सोही मार्गबाट हेटौंडातर्फबाट १ बजेपछि काठमाडौं जाने व्यवस्था गरेको छ । मालबाहक सवारीसाधनलाई कान्ति राजपथ हु“दै काठमाडौं जाने व्यवस्था मिलाउन थालिएको सूचनामा उल्लेख छ ।
मालबाहक सवारीले यातायात व्यवस्था विभागबाट प्रमुख राष्ट्रिय राजमार्गका लागिमात्र सडक प्रयोग इजाजत अनुमतिपत्र लिने गरेका छन् । त्रिभुवन राजपथ, कान्तिराजपथको सडक सा“घुरो तथा जोखिमपूर्ण हुने हु“दा ढुवानीसमेत नगर्ने भएकाले मालबाहक सवारीले अनुमतिपत्र नलिने गरेको ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार कृष्णभीरमा आइतबार एकाएक सडक भासिएपछि बारा–पर्सा औद्योगिक करिडोरबाट काठमाडौं लैजान मालसामान बोकेका सयौं ढुवानीका साधन बाटोमै अलपत्र परेका छन् । यस विषयमा ढुवानी व्यवसायी र उद्योगस“ग नियमित छलफल भइरहेको महासंघले जनाएको छ । वीरगञ्ज–पथलैया करिडोरका उद्योग तथा भन्सारबाट दैनिक करिब एक हजार ट्रक मालसामान काठमाडौंलगायत उपत्यकावरपरका सहरबजारमा जाने गरेका छन् । ढुवानी रोकिएपछि करिडोरका उद्योगको उत्पादन रोकिने र भन्सारमा आयातीत सामान थुप्रिने हु“दा आयातकर्ता आर्थिक दबाबमा पर्ने स्थिति बन्ने उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरि गौतमले बताए । काठमाडौं उपत्यकामा आपूर्ति घट्न गइ त्यहा“को बजारमा अल्पकालीन अभाव र मूल्यवृद्धि हुने जोखिम रहने अवस्था बन्ने उनको तर्क छ ।












