हेटौंडा/देशका अन्य राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकको चाप बढिरहेका बेला पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आवागमन न्यून रहेको छ । दैनिक औसत एक–दुई जना पर्यटक भिœयाउनसमेत कठिन भएपछि आवागमन न्यून रहन पुुगेको हो । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले पर्सा निकुञ्जको पर्यटकीय गतिविधि निरन्तर खस्कि“दै गएको देखाएको छ ।

निकुञ्जमा पर्यटकीय सम्भावना पर्याप्त भए पनि त्यसको प्रभावकारी बजारीकरण, पूर्वाधार विकास र सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा पर्यटक आगमन कम बनेको हो । निकुञ्ज प्रशासन, नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा निजीक्षेत्रबीच पर्यटकीय सम्भावनालाई उजागर गर्ने एकीकृत योजना बन्न नसक्दा पर्सा निकुञ्ज पर्यटकको रोजाइमा पर्न सकेको छैन । पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावले प्राकृतिक तथा जैविक विविधताले सम्पन्न निकुञ्जले अपेक्षित पर्यटक आकर्षित गर्न नसकेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा ३५ जना विदेशी पर्यटकसहित कुल ५ सय ११ जनाले निकुञ्ज अवलोकन गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा १४ जना विदेशी पर्यटकसहित ५ सय ८० जना र आर्थिक वर्ष २०८०÷०८१ मा १३ जना विदेशी पर्यटकसहित ८ सय ४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीन आर्थिक वर्षमा गरी कुल १ हजार ८ सय ९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यस अवधिमा निकुञ्जले पर्यटकबाट करिब ३ लाख ६ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

पछिल्ला वर्षमा पर्यटकको संख्या घट्दै गएस“गै निकुञ्जबाट प्राप्त हुने पर्यटनसम्बन्धि प्रत्यक्ष आम्दानी पनि न्यून बनेको छ । निकुञ्जको मुख्य आम्दानी प्रवेश शुल्क, हात्तीसफारी तथा सवारीसाधनबाट गरिने सफारी शुल्कबाट हुने गरेको छ । दैनिक औसत दुई जनामात्र पर्यटक आउ“दा पर्यटनबाट प्राप्त हुने प्रत्यक्ष राजस्व मासिक केही हजारमा सीमित हुने अवस्था छ ।

पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता तथा दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थानका रुपमा महत्वपूर्ण मानिन्छ । निकुञ्ज क्षेत्रमा रैथाने हात्ती, पाटेबाघलगायत वन्यजन्तु पाइन्छन् । कामिनी दह, हलखोरिया दह, राममोरी भाटा, कर्मकुमारी धारा तथा ऐतिहासिक अमलेखगञ्ज क्षेत्रसमेत निकुञ्ज आसपास पर्यटकीय आकर्षण हुन् । जंगल सफारी, हात्तीसफारी तथा मचानबाट वन्यजन्तु अवलोकनजस्ता गतिविधि गर्न सकिने सम्भावना रहे पनि ती सम्भावनालाई व्यवस्थितरुपमा पर्यटकीय उत्पादनमा रुपान्तरण गर्न नसकिएको देखिन्छ ।

पर्यटनका लागि आवश्यक पदमार्ग, सूचना केन्द्र तथा पर्यटकमैत्री संरचनाको विकासमा पर्याप्त ध्यान नदिइएको पर्यटन व्यवसायीहरुको गुनासो छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेश प्रदेश अध्यक्ष मोहन शर्माले निकुञ्जलाई संरक्षण क्षेत्रका रुपमा मात्र हेर्दा पर्यटन विकास ओझेलमा परेको बताए । उनका अनुसार जंगल सफारी, हात्तीसफारी, मानव निर्मित सुरुङ तथा सिद्धबाबा हाइकिङलगायत साहसिक पर्यटनका सम्भावनालाई व्यवस्थितरुपमा प्रवद्र्धन गर्न सके पर्सा निकुञ्जलाई नया“ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।

देशभरका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले पनि पर्सा राष्ट्रिय निकुञ्जलाई पर्याप्त प्राथमिकता दिन नसकेको व्यवसायीको आरोप छ । पर्यटन व्यवसायी सद्धामले दैनिक एक–दुई जना पर्यटकको उपस्थिति निकुञ्जको वास्तविक क्षमताको तुलनामा अत्यन्त न्यून रहेको बताए । उनका अनुसार निकुञ्जलाई संरक्षणमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्रस“ग जोड्ने गरी पूर्वाधार विकास, पर्यटन उत्पादन निर्माण र आक्रामक बजारीकरण आवश्यक छ ।

पर्सा निकुञ्जका लागि भारतको बिहार तथा उत्तर प्रदेश ठूलो सम्भावित बजार भए पनि सीमापार पर्यटन बजारीकरण प्रभावकारी हुन सकेको छैन । निकुञ्जनजिक भारतीय राज्यमा ठूलो जनसंख्या रहेकाले त्यहा“बाट छोटो दुरीको भ्रमणका लागि पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । तर, मधेश प्रदेश सरकार, स्थानीय तह र निजीक्षेत्रले सीमापार पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्न नसक्दा त्यो सम्भावना उपयोग हुन सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निकुञ्जबाट प्रत्यक्ष लाभ स्थानीय होटल तथा ट्राभल व्यवसायीले लिने भएकाले पर्यटक भिœयाउन निजीक्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनका अनुसार बारा–पर्सा क्षेत्रका होटल तथा ट्राभल व्यवसायीले पर्सा निकुञ्जलाई आफ्ना व्यावसायिक टुर प्याकेजमा समावेश गरी प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्नेछ । निकुञ्ज प्रशासनले आफ्नोतर्फबाट आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

पर्यटक आगमन न्यून हु“दा निकुञ्जआसपास होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन् । सिमरा, पथलैया र अमलेखगञ्ज क्षेत्रमा निकुञ्जलाई लक्षित गरी गरिएको लगानी अपेक्षितरुपमा सञ्चालन हुन नसकेको व्यवसायीहरुको भनाइ छ । पर्यटकको संख्या न्यून हु“दा होटलको अकुपेन्सी दरसमेत कम हुने गरेको छ । पर्यटन क्षेत्रमा एक जना पर्यटकले प्रत्यक्ष र अप्रत्यक्षरुपमा स्थानीय रोजगारी तथा आयआर्जनमा योगदान पु¥याउने भएकाले पर्यटक आगमन घट्दा त्यसको असर होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा अन्य सेवा व्यवसायमा समेत पर्ने गरेको छ ।

काठमाडौं–सिमरा हवाई उडान, वीरगञ्जको व्यापारिक भ्रमण र पर्सा निकुञ्जको जंगल सफारीलाई एउटै पर्यटकीय प्याकेजमा जोडेर बिक्री गर्ने योजना यसअघि चर्चामा आए पनि कार्यान्वयन हुन सकेको छैन । सम्बन्धित निकायबीच पर्याप्त समन्वय हुन नसक्दा सम्भावनायुक्त योजना चर्चामै सीमित भएको हो । पर्यटनलाई स्थानीय अर्थतन्त्रस“ग जोड्न सकिए पर्सा निकुञ्जआसपास क्षेत्रमा होटल, यातायात, ट्राभल, गाइड, हस्तकला तथा अन्य सेवा व्यवसाय विस्तार हुने सम्भावना छ । त्यसका लागि निकुञ्ज संरक्षणस“गै जिम्मेवार र दीगो पर्यटन विकासको अवधारणालाई अघि बढाउनुपर्ने देखिन्छ । पूर्वाधार निर्माण, पर्यटकका