हेटौँडा । पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुहरूका लागि हेटौँडामा निःशुल्क भोजन सेवा सञ्चालन गरिने भएको छ।

नागरिक समाज मकवानपुरको आयोजनामा हेटौँडा–१० स्थित भाटभटेनी अगाडि बिहिवारदेखि बिहान ११ बजेदेखि सेवा सुरु गर्न लागिएको हो।

लामो दूरीको यात्रा, सडक अवरोध तथा यात्राका विभिन्न समस्याका कारण प्रभावित यात्रुहरूलाई स्वच्छ र निःशुल्क भोजन उपलब्ध गराइने गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जानकारी दीइन् ।

उनका अनुसार सेवा कार्यक्रममा यात्रु, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखिनेछ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहकार्य गरेका छन्।

सेवा लिन आवश्यक यात्रुहरूलाई उपस्थित हुन तथा अन्यलाई समेत जानकारी गराउन आयोजकले आग्रह गरेको छ।