हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौडा अस्पतालमा सञ्चालनमा रहेको ऋीक्ष्ब् प्रयोगशालाको आर्थिक वर्ष २०८२ देखि २०८३ असारसम्मको खरिद, मौज्दात र परीक्षण विवरणमा केही परीक्षणहरुको तथ्यांक एकापसमा नमिलेको देखिएको छ । अस्पतालले उपलब्ध गराएको विवरण र परीक्षण प्रतिवेदनको प्रारम्भिक विश्लेषण गर्दा विशेषगरि त्क्ज् (थाइराइड), भिटामिन डीलगायत परीक्षणमा उल्लेखनीय अन्तर देखिएको हो ।
अस्पतालले उपलब्ध गराएको स्टक विवरणअनुसार त्क्ज् परीक्षणका लागि ५ हजार ३ सय टेष्टबराबर रिएजेण्ट खरिद गरिएको उल्लेख छ । तर, सोही अवधिको परीक्षण प्रतिवेदनमा त्क्ज् परीक्षण ८ हजार ७९ गरिएको देखिन्छ भने विभागगत् राजस्व प्रतिवेदनमा उक्त संख्या ८ हजार १ सय ३२ पुगेको छ । यसरी खरिद गरिएको परिमाणको तुलनामा कम्तिमा २ हजार ७ सय ७९ देखि २ हजार ८ सय ३२ वटा परीक्षण बढी देखिएको छ ।
ःबनगिmष् ख्ष्तबmष्ल म् का लागि १४ हजार ३ सय टेष्टबराबर रिएजेण्ट खरिद गरिएको विवरण छ । तर, परीक्षण प्रतिवेदनमा १४ हजार ५ सय ६ परीक्षण गरिएको उल्लेख छ भने विभागगत् प्रतिवेदनमा १४ हजार ५ सय ६० परीक्षण देखिएको छ । यसले खरिद परिमाणभन्दा २ सय ६ देखि २ सय ६० वटा परीक्षण बढी भएको देखाउँछ ।
अस्पतालका दुई फरक आधिकारिक प्रतिवेदनबीच पनि परीक्षण संख्यामा अन्तर देखिएको छ । एउटा प्रतिवेदनमा कुल परीक्षण संख्या ६२ हजार ५८ उल्लेख छ भने विभागगत् राजस्व प्रतिवेदनमा ६१ हजार ५ सय ६३ परीक्षणमात्र देखिएको छ । दुवै प्रतिवेदनबीच ४ सय ९५ परीक्षणको अन्तर छ ।
अस्पतालमा केही समयअगाडि केमिकल र परीक्षण कीट चोरी भएको भन्ने सूचना प्राप्त भएपछि सेवा, सहयोग र आवाजमा हामी सस्थाले सूचनाको हकसम्बन्धि ऐन, २०६४ अन्तर्गत् अस्पतालसँग खरिद बिल, स्टोर स्टक रजिष्टर, रिएजेण्ट वितरण विवरण, ऋीक्ष्ब् मेसिनको त्भकत ीयन, च्भबनभलत ऋयलकगmउतष्यल च्भउयचत, ब्गमष्त ीयन, द्यष्ििष्लन च्भउयचत, एजथकष्अब िक्तयअप ख्भचषष्अबतष्यल च्भउयचत तथा क्तयअप च्भअयलअष्ष्बितष्यल च्भउयचत माग गरेर उक्त तथ्य पत्ता लगाएको हो । सार्वजनिक भएका यी तथ्यांकले थप शंका उत्पन्न गरेका छन् ।












