हेटौंडा । प्लास्टिकको २० बोतल बराबर १ फलफूलको बिरुवा दिने अभियान टोलविकास संस्था नगर समन्वय समितीले हेटौंडामा चलाएको छ । अभियानअन्तर्गत् हेटौंडा—११ का बासिन्दाहरुलाई प्लास्टिकको बोतलको सट्टा फलफूलको बिरुवा वितरण गरिएको हो ।

टोलविकास संस्था नगर समन्वय समितिको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा गरिएको कार्यक्रमले दिन खोजेको सन्देश भने प्लास्टिकको बोतल पनि पुनःप्रयोगमा ल्याउन सकिन्छ, खेर गइरहेको बोतल संकलन गरे वातावरण सफा हुने र शहर सफा हुने हुनाले उक्त अभियान चलाइएको हो ।

‘हामी यस कार्यक्रमलाई नगरका १९ वटै वडामा लान्छौं, समन्वय गर्छौ र यसको नतिजा भित्र्याउन हामी लागिपरेका छौं,’ समन्वय समिति नगर अध्यक्ष ध्रुव अधिकारीले बताए । वडा समन्वय समितिको व्यवस्थापनमा कार्यक्रम गरिएको थोयो । कार्यक्रममा वडा सदस्यहरु सञ्जय बिडारी, गोपिनी सापकोटा र गीता सुनारलगायतको आतिथ्यया थियो ।