??????? ?????? ??????????? ?????? ????????, ?? ???? ??????????? ?????? ????? ????? ?????? ????, ?????????????????????? ???? ??????? ?????? ?????? ??????????? ?? ???????? ?????? ? ??????? ????? ?????÷????

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भइ अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको जनाउँदै करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताएका छन् ।

प्रतिनिधिसभा, अर्थ समितिको बुधबारको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे ।

मन्त्री डा. वाग्लेले आफूविरुद्ध संगठितरुपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गरे । प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरु गायब पारिएको भनी आएका समाचारहरु भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पारे ।

‘देखिएका त्रुटि सच्याएर सार्वभौम सांसद्को हातमा विधेयक पारेपछि कुनै परिवर्तन गरिएको छैन । प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे संगठितरुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो,’ अर्थमन्त्री डा. वाग्लेले भने—सुशासनका लागि निर्ममरुपमा अघि बढेको सरकारविरुद्ध यस्ता हिलो छ्यापेर छवि धुमिल्याउन सकिन्छ भनेर गरिएका प्रहारको भ्रममा सांसद्हरु पर्न हुँदैन । अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत् चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताए ।

बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले सच्याएका केही दरहरुलाई नै यस पटक स्पष्ट पारिएको बताए । रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्र सामान्य परिवर्तन गरिएको उनको भनाइ छ । उनका अनुसार यी मानवीय र प्राविधिक विषयमात्र हुन् । उनले अन्य कतिपय विषयमा भाषागत् स्पष्टताका लागिमात्र परिमार्जन गरिएको दाबी गरे । सञ्चारमाध्यममा आएका समाचारहरुले भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयमा बसेर गोप्यरुपमा दरहरु चलाएको भन्ने आरोपको खण्डन गरे ।

प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा उनले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पारे । उनका अनुसार ४ सय ५० भन्दा बढी पानाको डकुमेन्टमा कोलमको साइज थोरैमात्र घटबढ गर्दा पनि समग्र पानाको संख्यामा उल्लेख्य परिवर्तन देखिन सक्छ । सार्वभौम संसद्मा विधेयक पेश गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको उनले दृढतासाथ व्यक्त गरे । उनले यस विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिँदै आफू यसको डटेर सामना गर्न तयार रहेको बताए ।

राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नबुझ्नसमेत उनले आग्रह गरे । कुनै पनि विषयमा थप शंका भए आफू त्यसलाई थप स्पष्ट पार्न सदैंव तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रुपान्तरणकारी बजेट आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको जनाए । समिति सदस्य नरेन्द्रकुमार केरुङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताए ।