हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालय र नगरस्तरीय क्रिकेट व्यवस्थापन समितिको संयुक्त आयोजनामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष नवीन सिग्देलले क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए। उनका अनुसार विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरी, दोस्रो नगरस्तरीय तेक्वान्दो प्रतियोगितामा हेटौंडाका विभिन्न १४ डोजाङबाट करिब १६० जना खेलाडी सहभागी हुने प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले जानकारी दिए।
आयोजकले प्रतियोगितामार्फत स्थानीयस्तरमा खेलाडीको प्रतिभा पहिचान, खेलकुदप्रति युवाको आकर्षण बढाउने तथा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ।











