काठमाडौं/मुटुसम्बन्धि समस्याका कारण बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा एन्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यको विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई विहान छाति दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट हार्ट अट्याक एक्युट मायोकोर्डियल इन्फरक्सन भएकाले एन्जियोप्लाष्टी गरिएको हो । शल्यक्रियामा डा. अधिकारी, डा. प्रबीन्द्र महर्जन, डा. आनन्द जीसीको टोली संलग्न थियो ।











