हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघले नारायणी यातायात व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँग छलफल गरेको छ । मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा छलफल गरिएको हो ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ अध्यक्ष सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठलगायत दुवै संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । नवनिर्वाचित कार्यसमितिलाई संघमा स्वागत गर्दै अध्यक्ष रानाभाटले नारायणी यातायात व्यवसायी संघसँग विगतदेखि नै सहकार्य रहँदै आएको, उद्योगी÷व्यवसायीहरुका सामान उपभोक्तासम्म पु¥याउन ढुवानी वा यातायात अनिवार्यता रहने भएकाले पनि मउवा संघ र नारायणी यातायात व्यवसायी संघबीच सम्बन्ध अटुट रहने बताए ।
नारायणी यातायात व्यवसायी संघले धेरैजसो पद सर्वसम्मत् गर्न सक्नु उदाहरणीय रहेको, यातायात क्षेत्रमा विधि तथा पद्धतिलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्ने, तौलपुल व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने, दुर्घटनामा मृत्युजस्तो अतिसंवेदनशील समयमा समन्वयकारी भूमिका निर्वाह गर्न नारायणी यातयात व्यवसायी संघ सफल रहेको, मउवा संघको अध्यक्ष नारायणी संघको बोर्ड सल्लाहकार र नारायणी संघको अध्यक्ष मउवा संघको बोर्ड सल्लाहकार हुने परम्परा रहेको र आपसी भाइचारा कायम रहिरहने उनले बताए ।
नारायणी यातायात व्यवसायी संघ अध्यक्ष खनालले आपसी सहयोग आदानप्रदानको लामो श्रृंखला रहेको, व्यक्तिगत् आर्थिक लाभका लागि सार्वजनिक संघसंस्था नरहेको, वर्तमान सरकारले संशोधन गर्न चाहेको यातायात ऐनले समस्या हल गर्नुको साटो धेरै जटिलता थप्ने स्थिति रहेको, उद्योगी÷व्यवसायीका निजी सवारीसाधनलाई पनि मउवा संघको समन्वयमा नारायणी संघले सुबिधाको दायरामा ल्याउनसक्ने बताए । कार्यक्रममा मउवा संघ वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राखेका थिए ।












