काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा लिखित सहमति भएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकार गठन, सञ्चालन तथा आवश्यक राजनीतिक समन्वयका विषयमा सहकार्य गर्ने समझदारी गरेका हुन्।
दुवै दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारको गठन र सञ्चालनमा आपसी सहकार्य गर्ने तथा आवश्यक राजनीतिक समन्वयलाई प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।
सहमतिपत्रमा हस्ताक्षरसँगै प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक विकास भएको छ। यस सहमतिले आगामी दिनमा प्रदेश सरकारहरूको गठन तथा सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।












