हेटौंडा/थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा सार्वजनिक सूचनाअनुसार हालसम्म चालुतर्फ ४८ करोड २४ लाख ३४ हजार ५२ रुपियाँ ९२ पैसा खर्च भएको छ, जुन कुल चालु बजेटको ८१.९६ प्रतिशत् हो ।
पुँजीगत्तर्फ २२ करोड ७८ लाख १४ हजार १ सय ३६ रुपियाँ ६३ पैसा खर्च भएको छ, जुन पुँजीगत् बजेटको ५८.५९ प्रतिशत् रहेको नगरपालिकाले जनाएको छ । चालु र पुँजीगत् दुवै शीर्षक गरी हालसम्म कुल ७१ करोड २ लाख ४८ हजार १ सय ८९ रुपियाँ ५५ पैसा खर्च भएको छ । यो समग्र बजेटको ७२.६६ प्रतिशत् वित्तीय प्रगति भएको नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।











