कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आव ०८२\०८३ मा समग्रमा ७८.३४ प्रतिशत खर्च गरेको छ । विनियोजित बजेट र योजनाहरु सुत्र बन्द हुनु अगावै विहीबारनै खर्च सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले बताईन् ।
गाउँपालिकाले चालु खर्चतर्फ ८६.३९ प्रतिशत र पुजीँगत खर्चतर्फ ६७.४२ प्रतिशत सहित समग्रमा जम्मा बजेटको ७८.३४ प्रतिशत खर्च भएको वरिष्ठ लेखा अधिकृत टिकाराम अधिकारीले बताए ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समयमै बजेट कार्यान्वयन गरि सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, निमार्ण व्यवयारी, उपभोक्ता समिति, विकास साझेदार संस्थालगायतलाई सधन्यवाद व्यक्त गरे । गत वर्ष झैँ यस वर्षपनि सुत्र बन्द हुनु अगावै कार्य सम्पन्न गरिएको उनले बताए ।











