गुल्मी/धुर्कोट गाउँपालिका–५, मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

राति करिब १ः३० बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा राति नै चिकित्सकले मृतघोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका पति भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा जंगली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्धेश्यले बिजुलीको पोलबाट करेन्टप्रवाह गरेर छाडेका थिए । मृतकका पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।