हेटौंडा । चेपाङ समुदायको शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्थानका लागि सक्रिय चेपाङ मिसिनरी ग्रुपले धादिङ जिल्लाको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत् ४७ जना बालबालिकालाई विद्यालय झोला बितरण गरेको छ । यसअघि पनि मकवानपुर, चितवन, धादिङलगायत विभिन्न जिल्लामा निरन्तर सेवा गर्दै आएको समूहले चेपाङ समुदायका बालबालिका, विपन्न परिवार तथा आवश्यकतामा रहेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।
धादिङ जिल्लाको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकाहरुलाई विद्यालय झोला वितरण गरिएको ग्रुपका नेतृत्वकर्ता मिथुन प्रजाले बताए । झोला बितरण कार्यका लागि मिथुन प्रजा, बिन्दास प्रजा, विशेष प्रजा र ज्ञान प्रजालगायतको सक्रियता थियो । अभियानले चेपाङ समुदायका बालबालिकाहरुलाई शिक्षातर्फ प्रेरित गर्नका साथै समुदायको समग्र विकासमा योगदान पु¥याइरहेको अभियानले जनाएको छ ।
चेपाङ मिसिनरी अभियानले धादिङ, चितवन र मकवानपुरमात्र नभइ चेपाङ समुदाय बसोबास गर्ने अन्य दुर्गम क्षेत्रहरुमा समेत सहयोग र सेवाका कार्यक्रमहरु विस्तार गर्ने योजना बनाएको मिथुन प्रजाले बताए । उनका अनुसार अभियानअन्तर्गत् शिक्षा, स्वास्थ्य, मानवसेवा तथा विपद्का समयमा राहत सहयोगलाई प्राथमिकतामा राखेको छ । (















