रौतहट । बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई युवा बेपत्ता भएका छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका—९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो छन् । पाँच जनाको समूहसँग नदीमा गएका उनीहरु नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा पर्ने बागमती नदीमा पुगेको थियो । घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सरु गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार रौतहट र सर्लाहीबाट खटिएका संयुक्त प्रहरी टोली बेपत्ता युवाहरुको खोजीमा जुटेको छ ।