हेटौंडा/हेटौंडामा प्रहरीले २१ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विहान ९ः३० बजे प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटांैडा—१०, बसपार्कमा एक शंकास्पद व्यक्तिलाई गाजाँसहित पक्राउ गरेको हो ।
बसिरहेको अवस्थामा जिल्ला पर्सा बिन्दावासिनी गापा वडा—४ बस्ने वर्ष ६० का लक्कीचन हजरालाई रितपूर्वक शरीर तथा झोला खानतलासी गर्ने क्रममा झोलाभित्र लुकाइल्याएको अवस्थामा २१ किलो ३ सय १० ग्राम लागुऔषध गाँजा फेला परेको हो । उक्त लागुऔषध बरामद गरी हजरालाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।













