1. हेटौंडा/हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ना ५ ख ५२५२ नम्बरको फलाम लोड ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक नुवाकोट तादी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरमा कार्यरत प्रहरी सहायक हवल्दार ३६ वर्षीय किरण श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ८ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्

दुर्घटनामा संलग्न स्कुटर, ट्रक तथा ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने २४ वर्षीय रन्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।