मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको बजेटमा व्यापक बहस र विवाद भए पनि अन्ततः बहुमतको आधारमा पारित गरिएको हो।
बजेट कार्यान्वयनका लागि तयार पारिएको अर्थ सम्बन्धी प्रस्ताव तथा विनियोजन विधेयक २०८१ पनि प्रदेश सभाले पारित गरेको छ। साथमा बजेटको पुरक प्रस्तावसमेत स्वीकृत गरिएको छ।
बजेटमाथिको छलफल असार १२ गतेबाट सुरु भएको थियो, तर दलीय मतभेदका कारण पटक–पटक स्थगित हुँदै आएको थियो। छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्नहरू उठाएका थिए, जसको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।
विपक्षी मात्र नभई सत्तारुढ दलका सांसदहरूले समेत रोष्टमबाट बजेटमा असन्तुष्टि जनाएका थिए। आलोचनाका बाबजुद बहुमतको बलमा बजेट पारित गरिएको हो।










खबरदारी 



