काठमाडौँ । तत्कालीन बाइडेन प्रशासनले ल्याएको एउटा कार्यक्रम अन्तर्गत अमेरिका पुगेका पाँच लाख बढी आप्रवासी आफ्नो देश फिर्ता हुनुपर्ने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २४ अप्रिलमा उनीहरु अवैध हुने भएकाले अमेरिका छाड्न सूचना जारी गरिएको हो ।
तत्कालीन बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका लगेको थियो ।
सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए । त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो ।
बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै आप्रवासीलाई अमेरिका छाड्न भनेको बताइन्छ । ट्रम्प प्रशासनको यो निर्णयले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिकामा पुगेकाहरुलाई असर पर्ने भएको छ ।










  
                                        खबरदारी                                    


