काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एजेन्डाको आधारमा पार्टी निर्माण गर्ने कार्य अन्तर्गत आन्दोलन तय गरेको छ । पार्टीले पत्रकार सम्मेलनमार्फत ‘सुशासन र रोजगारीः समाजवादको तयारी’ भन्ने नाराका साथ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रीय आन्दोलन संयोजन समितिका संयोजक एवं पार्टी महासचिव घनश्याम भुसालले आगामी २५ वैशाखसम्म चल्ने आन्दोलनका कार्यक्रमबारे जानकारी दिए । नेता भुसालका अनुसार राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको हो । एसले यो आन्दोलनलाई बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमीका रुपमा अघि सारेको छ ।
पार्टी केन्द्रीय समितिको फागुन पहिलो साता सम्पन्न बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो । नेकपा एमालेबाट २०७८ भदौमा विभाजन भई बनेको एकीकृत समाजवादी पार्टी गठनको साढे ३ वर्षे अवधिमा पहिलो आन्दोलन हो ।
पार्टी निर्माणपछि समाजवादी प्रायः सरकारमा सहभागी हुँदै आएको थियो । तर गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि ‘आन्दोलनबाट पार्टी निर्माण’ गर्ने नीति लिएको हो ।
सरकारमा रहेकै बखतमा २०८० असोजमा समाजवादीले ‘मेची-महाकालीः समाजवादी जागरण यात्रा’ संचालन गरेको थियो ।










  
                                        खबरदारी                                    


