काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि आवश्यक तयारी अगाडी बढाइएको छ ।

यी दुई पार्टीबीच एकताका लागि जनमत पार्टीले २६ फागुनमा केन्द्रीय कमिटी बैठक राखेर कार्यदल बनाइसकेको छ ।

सीके राउतको नेतृत्वमा बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन् । एकताका लागि नागरिक उन्मुक्तिले भने निर्णय लिएको छैन ।

पार्टी एकताका लागि आफूहरुले कार्यदल निर्माण बनाइसकेपछि नागरिक उन्मुक्तिको निर्णय पर्खेर बसेको जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । नागरिक उन्मुक्तिमा श्रीमान्श्री-मतीको परिवारिक समस्या पार्टी एकतामा पर्नसक्ने बताइन्छ । पार्टी एकताका विषयमा उनीहरुबीच छलफल नभएको बताइएको छ ।