काठमाडौं । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) को ११ औँ राष्ट्रिय महाधिवेशन तथा ३० औँ वार्षिक साधारणसभाले अर्जुन भट्टराईको अध्यक्षमामा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन भएका छन् । यस्तै महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भए ।
सात प्रदेशबाट प्रतिनिधित्व रहनेगरी ७ जना सचिव चयन भएका छन् । जसमा कोशीबाट सरिता आङदेम्बे, मधेशबाट रामचन्द्र साह, बागमतीबाट बुद्धशरण लामा, गण्डकीबाट राजेन्द्रप्रसाद पौडेल,लुम्बिनीबाट नमस्कार शाह,कर्णालीबाट जजराज शाही र सुदूरपश्चिमबाट सावित्रा घिमिरे (बिक) सचिव बनेका छन् ।
महासंघको केन्द्रीय सदस्यहरुमा ध्रुवप्रसाद देव, धर्मलाल रोकाय, लक्ष्मीकुमारी सिंह, धिरा खत्री, विजयकुमार प्रधान, धीरेन्द्रबहादुर सिहं, शोभा खानाल, बालकृष्ण ओझा, रघुबहादुर कठायत, हिरासिंह थापा, सुमन परियार, शिवप्रसाद शर्मा, नागेन्द्र दुवे, गौरा नेपाली, गंगा तामाङ, थिरबहादुर थापामगर, ठाकुरप्रसाद लोहागुन, शिशिर खनाल रहेका छन् ।
यस्तै लखनलाल शाह केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज, सिर्जना पौडेल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज, यादव सरकार केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज, रुवि मिश्रा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज, पहलमान श्रेष्ठ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज, पार्वती घिमिरे केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज, गोपाल खड्का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज, फुलमाया राना केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह-इन्चार्ज चयन भएका छन् ।
यस्तै रीमा बिसी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज, ठाकुर घिमिरे केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश सह–इन्चार्ज, विष्णुदेवी रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज, कल्पना रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज, प्रेमबहादुर महर केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज र कौशिला चौधरी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले बाँकी ३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेको नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा ३३ प्रतिशतभन्दा बढी महिला र विभिन्न वर्ग तथा समुदायको सहभागिता रहेको छ ।
गैरसरकारी संस्था महासंघमा ५ संस्था बराबर एक जना केन्द्रीय कार्य समिति सदस्य रहने व्यवस्था छ । महासंघको अधिवेशनमा ६ हजार ७०० संस्थाबाट ९२२ प्रतिनिधिको सहभागिता थियो ।










खबरदारी 


