मकवानपुर । साुमहिक बलात्कारको आरोपमा मकवानपुरमा ७ जना किशोर पक्राउ परेका छन् ।
हेटौँडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक प्रकृया अघि बढाएको हो ।
पक्राउ परेका आरोपित १८ बर्ष भन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरुको पहिचान गोप्य राखेकोछ । घटनामा पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि अनुसन्धान गर्ने क्रममा २२ फागुनमा ५ जना र २३ फागुनमा अरु २ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेकालाई मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमती लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटनामा अरुको पनि संलग्नता देखिन आएको बुझिएकाले उनीहरुबारे पनि प्रहरीले खोजी कार्य राखेको बताइएको छ ।













