हेटौँडा/ भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको बाढीमा परी मकवानपुरका २ जनाको मृत्यु भएको पुष्टि भएको छ । थाहा नगरपालिकाका राजकुमार गोले र हेटौँडा–१५ का सुमन गोलेको मृत्यु भएको पुष्टि भएको हो ।

थाहा नगरपालिकाका कन्टेनर चालक राजकुमार गोले रसुवा भन्सारमा सामान लिनका पुगेका थिए । राजकुमारको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पहिचान भएको हो । यस्तै हेटौँडा–१५ का २४ वर्षे सुमन गोलेको शव नवलपरासीको बर्दघाटमा फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हालसम्म मकवानपुरका ७० जना सम्पर्कविहिन भएको भनी आफन्तले जानकारी गराएको छ ।