हेटाैँडा/सर्वधर्म समाज नेपाल हेटाैँडाले भदाै १७ गते गर्न लागेकाे ‘सर्वधर्म सद्भाव ऐक्यवद्धता घाेषणा अभियान’ स्थगित गरेकाे छ ।

रसुवामा आएकाे बाढीले सिंगाे देश नै प्रभावित भएकाले यस्ताे अवस्थामा अभियान गरिनु अनुचित भएकाले स्थानीय प्रशासनसँगकाे सहमतिमा अभियान स्थगित गरिएकाे अध्यक्ष राजेश वाग्लेले बताउनु भयाे ।

‘तयारीमा जुटेका थियाैँ, लगभग सबै तयारी थियाे तर परस्थिति विषम बन्याे, यस्ताे बेला भेला गर्न उचित भएन,’ वाग्लेले भन्नुभयाे, ‘पछि अनुकुल समयमा घाेषणा गर्नेछाैँ ।’

‘सबै धर्म र नागरिक समाजका ३० हजार भेला गर्ने तयारी गरिएकाे थियाे, सबै धर्मगुरु जुटाउने अभियान चलाउन खाेजेका थियाैँ,’ अध्यक्ष वाग्लेले भन्नुभयाे, ‘अभियानमा साथ दिनेहरुलाई धन्यवाद् ।’