धादिङ/त्रिशूली नदीमा आएको बाढीले फुर्केखोला–परेवाटार जोड्ने पक्की पुल बगाएको छ। पुल बगाएसँगै धादिङबेंसी जाने सहज सडक सम्पर्क टुटेको छ।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण रसुवादेखि धादिङसम्मका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
बाढीले फुर्केखोला–परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी आवतजावत गर्ने यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। पुल बगेसँगै उक्त मार्गबाट हुने यातायात सेवा अवरुद्ध भएको छ।
बाढीका कारण तटीय क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।











