हेटौंडा । बजाजको नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक’ हेटौंडामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित होराइजन अटो प्रालि. (बजाज शोरुम) मा बजाज चेतकका C 3503 र C 2501 मोडल लन्च गरिएको हो।
नेपालका लागि बजाजका दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक हेटौंडामा भित्र्याइएको होराइजन अटो प्रालिका सञ्चालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए।
उनका अनुसार चेतकले एकपटक पूर्ण चार्जमा १५१ किलोमिटरसम्म रेन्ज दिने तथा अधिकतम ७० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ। मेटल बडीका कारण स्कुटर बलियो र टिकाउ रहेको उनले बताए।
हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका महाप्रबन्धक रामेश्वर घिमिरेले चेतकका पार्टपुर्जा देशभरका बजाज शोरुमबाट सहज रूपमा उपलब्ध हुने र मर्मतसम्भारको सुविधा पनि मिलाइएको जानकारी दिए।
चेतक खरिदका लागि नागरिकताको आधारमा समेत फाइनान्स सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
स्कुटरको लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनीका महाप्रबन्धक रामेश्वर घिमिरे, होराइजन अटोका सञ्चालकद्वय राजुरत्न बज्राचार्य र लालकाजीरत्न बज्राचार्य तथा बज्राचार्य परिवारको सहभागिता रहेको थियो।











