हेटौंडा÷एमालेका तर्फबाट समानुपातिक सांसद् रहेका ज्ञानबहादुर तामाङ २०७९ सम्म नेसनल नमोबुद्ध सहकारीको अध्यक्ष थिए । २९ पुस, २०७९ मा भएको सहकारीको अधिवेशनबाट राजकुमार लामाको नेतृत्वमा नया“ सञ्चालक समिति आयो । उनीहरु दुवैको कार्यकालमा झण्डै ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड हिनामिना भएको सहकारी रजिष्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ । यही कारण तामाङ लामो अवधि सम्पर्कविहीनसमेत बनेका थिए ।
सहकारीको अध्यक्ष रहेका बेला तामाङले महंगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट नुवाकोटको लिखु गाउ“पालिका–९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरे । सहकारीको पैसाबाट किनिएको जग्गा गैरकानुनीरुपमा नुवाकोटकै ककनी गाउ“पालिका–९ की चिनीमाया लामाको नाममा पास गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरि खर्च गरे ।
सहकारीका करिब ११ हजार बचतकर्ताको डेढ अर्ब हिनामिनामा संलग्न उनै तामाङलाई एमालेले बागमती प्रदेशको मन्त्री बनाएको छ । नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले उनलाई बिहीबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । सडकमा न्यायको गुहार मागिरहेका पीडितका अगाडि अब उनी झण्डावाल गाडीमा कुदिरहेका छन् । तामाङको सहकारीलाई प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले २८ पुस २०८१ मै समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै सहकारीको कार्यालयमा ताला लगाइएको छ । विभागीय जिम्मेवारी पाइनसकेका तामाङले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिन लबिङ गरिरहेको स्रोतको भनाइ छ ।
२९ पुस, २०७९ सम्म तामाङ नमोबुद्धको अध्यक्ष थिए । सहकारीको २२ औं अधिवेशनपछि राजकुमार लामा अध्यक्ष छन् । स्थापना भएको डेढ दशकमा सहकारीले बचतकर्ताको संख्या करिब ११ हजार पु¥यायो र उनीहरुबाट झण्डै दुई अर्ब भन्दा धेरै बचत संकलन ग¥यो । त्यसमध्ये डेढ अर्ब त दुरुपयोग नै भयो । आफूहरुले गरेको बचत हिनामिना भएको थाहा पाएपछि बचतकर्ताले सामूहिक र एकल गरेर २०८१ असोजमै प्रदेश सहकारी रजिष्टार कार्यालयमा उजुरी दिएका थिए । तर, सत्ताको आडमा लामो समय छानबिन नै गरिएन । त्यतिबेला तामाङको पार्टी एमाले सरकारमा थियो । पछि मिडियामार्फत् चर्को दबाब परेपछि मात्र प्रारम्भिक छानबिन गरेर नमोबुद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
उक्त सहकारीमा हाल अध्यक्ष राजकुमार लामास“गै उपाध्यक्ष बिमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्य बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ छन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन् । तर, उनीहरु कार्यालय कम आउने गर्छन् ।
प्रदेशको सहकारी मन्त्रालयले नमोबुद्धलाई समस्याग्रस्त घोषणा गरेलगत्तै तामाङसहित सञ्चालकहरु निर्णय रोक्न माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, न्यायाधीश कुमार रेग्मी र महेश शर्मापौडेलको संयुक्त इजलासले उनीहरुको रिट खारेज गरिदिएको थियो । समस्याग्रस्त घोषणा भएलगत्तै २९ पुस २०८१ मा सहकारीमा तालाबन्दी गरिएको थियो । प्रदेश सहकारी रजिष्टार कार्यालयले सहकारीबाट कम्युटरका हार्डडिक्स र अन्य कागजात जफत गरेको थियो । प्रदेशस्थित रजिष्टारको कार्यालयबाट समस्या समाधान गर्ने वा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने सम्बन्धमा अध्ययन हु“दै गर्दा प्रक्रिया बीचमै रोकियो । जुन हालसम्म अघि बढेको छैन ।
सुरुका केही किस्ता ऋण पनि तिर्दै गए । तर, जब सयम घर्किंदै गयो, ऋण तिर्न आलटाल गर्दै गए । बैंकले ऋण तिर्न ताकेता ग¥यो । तर, विभिन्न बहाना देखाउ“दै उनले तिर्ने भाका बदल्दै गए । केही सिप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना सार्वजनिक गरेको थियो । बैंकले जारी गरेको सूचना तामाङसहित सहकारी वर्तमान अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष बिमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्यहरु बाबुराम लोप्चन, बुद्धिबहादुर तामाङ र पेम्बा शेर्पाको नाममा थियो । तर, उनीहरुले अझै ऋणचुक्ता गरेका छैनन् । ऋण लि“दा सांसद् ज्ञानबहादुर र बुद्धिबहादुर प्रमुख निर्णयकर्ता थिए । बा“की भने जमानीमात्र बसेका थिए ।












