हेटौंडा÷हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेका कानुन र कृषि क्याम्पसले पहिलो वर्षमै उत्कृष्ट नतिजा हासिल गरेको छ । कानुन र कृषितर्फको उच्चशिक्षा हासिलका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता टार्नका लागि उपमहानगरले पूर्वाञ्चल विश्वविद्याललयबाट सम्बन्धन लिइ दुई क्याम्पस सञ्चालन गरेको हो । कानुनतर्फ २०८१÷०८२ को पा“च वर्षे शिक्षा हासिल गरी परीक्षामा सहभागीले ७८ र कृषितर्फ २०८२÷०८३ चार वर्षे शिक्षाबाट परीक्षामा सहभागी विद्यार्थीले ७५ प्रतिशत् नतिजा हासिल गरेका हुन् ।

कानुन शिक्षातर्फको स्नातक तहको अध्यापन सञ्चालन गरेको हेटौंडा उपमहानगरपालिकाले पहिलो वर्षमै ७८ प्रतिशत् नतिजा हासिल गरेको छ । हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडाको सिद्धार्थ ल क्याम्पसले पहिलो वर्षको परीक्षामा ७७ दशमलव ७८ प्रतिशत् नतिजा निकालेको छ । मकवानपुरसहित वाह्य जिल्लाका विद्यार्थीहरु अध्ययनरत् विद्यालयबाट स्नातक तह २०८१÷०८२ को कक्षामा भर्ना भइ पहिलो वर्षको परीक्षामा सहभागी २७ मध्ये २१ जना उत्तीर्ण भएको क्याम्पसले जनाएको छ । विद्यालयस्तर माध्यमिक तहको कक्षा–१२ को परीक्षा उत्तीर्ण गरी पा“च वर्षे कानुन शिक्षा अध्ययनमा सहभागी जिल्लाभित्र र बाहिरका विद्यार्थी क्याम्पसमा कानुन शिक्षा अध्ययनका लागि भर्ना भएका थिए ।

कृषि शिक्षा (बीएससी एजी) तर्फको कक्षा सञ्चालन गरेको हेटौंडा उपमहानगरपालिकाले पहिलो वर्षमै ७५ प्रतिशत् नतिजा हासिल गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिइ उपमहानगरपालिकाले हेटौंडा–१६ हटियामा रहेको हेटौंडा जनप्रिय क्याम्पसमा सञ्चालन गरेको शिक्षामा परीक्षामा सहभागी ७५ प्रतिशत् उत्तीर्ण भएका हुन् । कृषितर्फको पहिलो चार वर्षे डिप्लोमातर्फ सहभागी ४८ मध्ये ३६ विद्यार्थी उत्तीर्ण भएको क्याम्पसले जनाएको छ । कृषितर्फ स्नातक तह अध्ययनका लागि हेटौंडाबाहिर जानुपर्ने बाध्ताका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै उपमहानगरले क्याम्पस सञ्चालनमा ल्याएको हो । क्याम्पसमा मकवानपुर जिल्लाभित्र र बाहिरका विद्यार्थीहरु अध्ययनका लागि भर्ना भएका छन् । उपमहानगरपालिकाले सञ्चालनका गरेको कानुन र कृषि क्याम्पसको अध्यक्ष नगर प्रमुख मीनाकुमारी लामा छन् ।