हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापासहित प्रदेश सरकारका मन्त्रीहरूले सहिद स्मारक हेटौंडामा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

वि.सं. २०८३ साल भदौ ५ गते सहिद स्मारक हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापासहित मन्त्रीहरूले सहिदहरूको सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरेका हुन्।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूले सहिदले देखाएको बाटो र मुलुकको समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।